दफा ४८
शेयरधनीको ठेगाना
: (१) अन्यथा सूचना गरी हेरफेर गरिएकोमा बाहेक शेयरधनी दर्ता किताबमा
उल्लेख गरिएको शेयरधनीको ठेगाना निजको वास्तविक ठेगाना मानिनेछ ।
(२) शेयरधनीको ठेगाना परिवर्तन भएमा परिवर्तन हुने वित्तिकै नयाँ ठेगानाको सूचना
लिखित रुपमा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सूचना प्राप्त भएपछि सञ्चालक वा कम्पनी सचिवले
शेयरधनीको दर्ता किताबमा सो बमोजिम परिवर्तन भएको ठेगाना उल्लेख गरिराख्नु पर्नेछ ।
(४) शेयरधनीले उपलब्ध गराएको ठेगानामा सूचना पठाए पछि अन्यथा प्रमाणित
भएकोमा बाहेक यस ऐन बमोजिम कम्पनीले शेयरधनीलाई उपलब्ध गराउनु पर्ने सूचना रीतपूर्वक
पठाएको र सम्बन्धित शेयरधनीले प्राप्त गरेको मानिनेछ ।